पब्लिक सूचना
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने जनाएको छ।
नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयको विज्ञप्तिमा केही दिनदेखि फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएको उल्लेख छ।
मन्त्रालयले यस्ता सूचनाविज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना र विज्ञापनमा क्लिक नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको उल्लेख छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend