logo
  • शनिबार, असोज १७ २०८३

विद्युत् उत्पादनको केन्द्र ताप्लेजुङ बन्दै


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख ६ २०८१

hnljB't cfof]hgfsf] …x]8jS;{Ú sf:sL, @! h]7 M sf:sLsf] df5fk'R5«] ufpFkflnsfdf lgdf{0ffwLg @% d]ufjf6 Ifdtfsf] ;]tL gbL hnljB't cfof]hgfsf] …x]8jS;{Ú . ;flb{vf]nfsf] e/fe/Ldf afFw lgdf{0f u/L ^ xhf/ $)) ld6/ nfdf] e"ldut kfOkdfkm{t !*& ld6/ prfOaf6 kfj/ xfp;df v;fn]/ ljB't pTkfbg x'Fb}5 . tl:a/ M s[i0f bjf8L÷/f;;

फुङ्लिङ : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन्। ती आयोजनाबाट एक हजार  छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली  उत्पादन हुनेछ।

मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ। काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन्। ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट  बिजुली उत्पादन हुनेछ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई  आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ। सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ।

सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend