logo
  • शनिबार, असोज १७ २०८३

गुजरातको सानदार जित, राजस्थानको पहिलो हार


  • पब्लिक सूचना
  • बिहिबार, चैत्र २९ २०८०

Umesh Yadav of Gujarat Titans celebrates the wicket of Yashaswi Jaiswal of Rajasthan Royals during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पहिलो हार चखाएको छ । गुजरातले बुधबार भएको खेलमा राजस्थान माथि ३ विकेटको जित दर्ता गरेको हो ।

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ३ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४,२ र ४ रन प्रहार गरे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित हासिल गर्यो ।

May be an image of 1 person and text that says 'TATA IPL PLAYER OF THE MATCH 1/18 24 (11) RASHID RASHIDKHAN KHAN RAY ንናያ 196/3 20OVERS 20 OVERS 199/7 20OVERS 20 OVERS GT WON BY 3 WICKETS IPLT20.COM #TATAIPL'

गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले ११ बलमा २४ रन बनाए । टेवाटियाले २२ रन जोडे ।

राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो ।

राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान संजु स्यामसनले ६८ रन जोडे । त्यस्तै यशसस्वि जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए ।

जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ । आइपिएलमा बिहीबार मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend