logo
  • शनिबार, असोज १७ २०८३

अनमोल केसीको फिल्म ‘फर्की फर्की’ को शुभमुहूर्त


  • पब्लिक सूचना
  • शनिबार, मंसिर ९ २०८०

अनमोल केसीको मुख्य भूमिकामा रहने फिल्म ‘फर्की फर्की’ को शुभमुहूर्त गरिएको छ।

शुक्रबार बिहान ललितपुरको बंगलामुखी माई मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन मंसिर ११ गतेदेखि पोखरामा सुरू हुनेछ।  फिल्मको शुभसाइत समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरूले पूजा गरेका थिए। फिल्मका प्रोडक्सन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा अनमोलसँगै जसिता गुरुङ, समृद्धि अर्याल, रवि काफ्ले, कृष्ण मल्ल, निर्मल शर्मा विन्दा खतिवडा, अशिक गुरुङ, रूस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डेलगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा अनमोलको जोडीको रूपमा अभिनेत्री जसिता गुरुङ देखिनेछन्।

अनमोल केसीको नयाँ फिल्म 'फर्की फर्की' को घोषणा

यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन्। सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माता छन्। फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।  रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मलाई रोहितले ओएसआर डिजिटलसँग सहकार्य गरेर निर्माण गर्न लागेका हुन्।

यो फिल्म आगामी वर्ष जेठ ११ गतेदेखि प्रदर्शन हुनेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend