logo
  • आइतबार, असोज १८ २०८३

रबर उद्योगमा आगलागी, करिब ३५ लाखको क्षति


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर ८ २०८०

दमक, मङ्सिर ८ गते । झापाको मेचीनगर नगरपालिका –१२ मा शान्तिराम चिमरियाको रबर उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत् सट भएर उद्योगमा आगलागी भएको जनाइएको छ ।

प्रारम्भिक विवरणअनुसार करिब ३५ लाखको क्षति भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको बताइएको छ ।

आगो नियन्त्रणमा आइसकेको र आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको पनि प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend