logo
  • शनिबार, असोज १७ २०८३

स्वीजरल्याण्ड सरकारको ६५ करोड अनुदान स्वीकृत गर्ने


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर ७ २०८०

काठमाडौं, मङ्सिर ७ गते । नेपाल सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री शर्माले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend