logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौँबाट नेपालगन्ज उडेको बुद्ध एअरको जहाज अवतरण नगरी काठमाडौँ फर्कियो


  • पब्लिक सूचना
  • बुधबार, मंसिर ६ २०८०

नेपालगन्ज, मङ्सिर ६ गते । काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो ।

उहाँले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको जनाउँदै सो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताउनुभयो ।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend