logo
  • आइतबार, असोज १८ २०८३

नेपाल एसबिआई मर्चेन्टको सञ्चालकमा शर्मा नियुक्त


  • पब्लिक सूचना
  • बुधबार, मंसिर ६ २०८०

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको स्वतन्त्र सञ्चालकमा नन्दनहरि शर्मा नियुक्त भएका छन् । शर्मालाई कम्पनीको आठौँ वार्षिक साधारणसभाले चार वर्षका लागि नियुक्त गरेको हो ।

नेपाल एसबिआई बैंकको प्रधान कार्यालयमा भएको सभाले कम्पनीको आव ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, असार मसान्त ०८० को वासलात, आव ०७९/८० को नाफा–नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरूसमेत पारित गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, आव ०८०/८१ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एपी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend