logo
  • आइतबार, असोज १८ २०८३

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित


  • पब्लिक सूचना
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौं– फिफा विश्वकप २०२६ का लागि दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिलबीचको तनावपूर्ण खेलमा अर्जेन्टिनाले जित निकालेको छ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको निकै तावपूर्ण खेलमा अर्जेन्टिनाले १–० को जित निकाल्यो।

खेल सुरु हुने बित्तिकै दुई देशका समर्थकबीच कुटाकुट भएपछि केही समय रोकिएर पुनः खेल सुरु भएको थियो। त्यसपछि दुई देशका खेलाडीबीच मैदानमा पनि निकै तनावपूर्ण अवस्था भएको थियो।

लो केल्सोको पासमा ६३ औं मिनेटमा ओटामेन्डीले गरेको एक मात्र गोलले अर्जेन्टिना विजयी भयो।

त्यसपछि ८१औं मिनेटमा ब्राजिलका जोलिन्टन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि ब्राजिल अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै ६ खेलबाट १५ अंकसहित अर्जेन्टिनाले शीर्ष स्थानमा छ। समान खेल खेलेको ब्राजिल ७ अंकसहित छैटौं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend