logo
  • शनिबार, असोज १७ २०८३

‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म


  • पब्लिक सूचना
  • बुधबार, फाल्गुन १० २०७९

शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ । यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।

साथै, यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म समेत बनेको छ । यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो । तर ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend