पोखराको फेवातालमा भोलि शुक्रबारदेखि ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ । चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरा हुन लागेको फ्रेन्डसिप ड्रागन बोट रेस चीन सरकारको पहलमा असार ८ र ९ गते हुन लागेको हो । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसनको सहआयोजना हुन लागेको छ ।
फ्रेन्डसिप ड्रागन बोट रेस फेवातालमा २०० र ५०० मिटरको दौड प्रतिस्पर्धा हुनेछ ।फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार सिचुआन एयरलाइन्सको चार्टर्ड जहाजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमामार्फत आइपुगेका छन् । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुँदै छन् । नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसियसन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् ।
पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुने जनाएको छ । पहिलो हुने टोलीले ५ लाख ५० हजार÷५ लाख ५० हजार पाउने छन् । पोखरामा आयोजना हुने फुटबल र म्याराथनपछिको सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता पनि हो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend