logo
  • शनिबार, असोज १७ २०८३

म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक २६ २०८०

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन्।

म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १-० को झिनो अन्तरले हराएको छ। युनाइटेडका जितमा डिफेन्डर भिक्टर लिन्डेलफले एक मात्र गोल गरेका हुन्। गोल खेलको ५९औं मिनेटमा भएको थियो।

मार्कस रासफर्डको क्रसमा स्कट मक्टोमिनेले प्रहार गर्न नसकेपछि लिन्डेलफको सामु आएको बलमा उनले गोल गरेका थिए।

जित पछि युनाइटेड १२ खेलमा २१ अंक सहित छैठौं स्थानमा उक्लिएको छ। पराजित लुटन भने ६ अंक सहित १८औं स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा आर्सनलले बर्नली माथि ३-१ को जित निकालेको छ। आर्सनल जितमा लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरेका हुन्।

पहिलो हाफको अन्तिम समयमा बुकायो साकाको पासमा ट्रोसार्डले गोल गर्दै खेलमा अर्सनललाई अग्रता दिलाएका थिए। तर बर्नलीका जोस ब्राउनहिलले बराबरी गोल गरेका थिए। त्यसपछि आर्सनलले २ गोल थप्दै जित हासिल गर्यो।

ट्रोसार्डको पासमा सालिबाले गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाए। ७४औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै जित सुनिश्चित गरे।

जित पछि आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित बर्नली ४ अंक सहित १९औं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend