logo
  • शनिबार, असोज १७ २०८३

इन्दू बर्मालाई महिला राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक २४ २०८०

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ।

नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ।

नियमित कप्तान रुबिना क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी-२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।

May be an image of 12 people, people golfing and text that says 'ICC MEN'S CRICKET WORLD CUP TROPHY TOUR ç» EPAL NEPAL EPAL A NEPAL PAL'

नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।

प्रतियोगिता आयोजक हङकङसहित नेपाल, जापान र तान्जानिया छन्। नेपालले पहिलो खेल कात्तिक २९ मा तान्जानियासँग खेल्नेछ। दोस्रो खेल कात्तिक ३० मा हङकङ र समूहको अन्तिम खेल जापान मंसिर २ मा हुनेछ। शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

नेपाली टिम

इन्दू बर्मा (कप्तान),  विन्दू रावल (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमू बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।

May be an image of text that says 'CAN T20I SERIES HONG KONG, CHINA CAMP LIST RUBINA CHHETRI SITA RANA MAGAR INDU BARMA BINDU RAWAL SANGITA RAI JYOT PANDEY PUJA MAHATO ROMA THAPA ISHWORI BISTA SAMJHANA KHADKA RUBI PODDAR SABNAM RAI ASMINA KARMACHARYA KHUSHI DANGOL KRITIKA MARASINI KANCHAN SHRESTHA SONY PAKHRIN SOMU BIST APSARI BEGAM KAJOL SHRESTHA MANISHA CHAUDHARY KABITA JOSHI'

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend