पब्लिक सूचना
बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ को अग्रिम टिकट बुकिङ आक्रमक भइरहेको छ।
नोभेम्बर १२ देखि प्रदर्शन हुने फिल्मको गतशनिबार अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार तीन दिनमा ‘टाइगर ३’ को २ लाख २७ हजारबढी टिकट बिक्री भइसकेको छ।
‘टाइगर ३’ को हिन्दी संस्करणको टुडिमा २ लाख १७ हजारबढी टिकट बिक्री भएको छ। आइम्याक्स टुडिमा ५ हजार टिकट बिक्री भएको छ भने फोरडिएक्समा १ हजार र तेलुगू संस्करणको टुडिमा ३ हजारबढी टिकट बिक्री भएको छ।
फिल्मले अग्रिम टिकट बुकिङबाट ६ करोड ४८ लाख भारू कमाइ गरिसकेको छ। सलमान खान र कट्रीना कैफको क्रेजले फिल्मको टिकट अझै बिक्री हुने बताएको छ।
यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।
आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend