logo
  • शनिबार, असोज १७ २०८३

सिनेम्याटिक सोमबारमा: धनुषको भाथी “सर” एक रहस्यमयी शिक्षकको कथा, हेर्नुस् युट्युबमा


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक २० २०८०

कार्तिक २० आशिष लामिछाने चन्द्रपुर रौतहट । फिल्मको कथा अभिराम नामका विद्यार्थीबाट सुरू हुन्छ, जो इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी गरिरहेका छन्। एक दिन उनले आफ्ना हजुरबुवाको पुरानो भिडिओ पसलमा एउटा टेप भेट्छन्। त्यो भिडिओ टेप हेरेर उनी र उनका साथीहरू तीनछक खान्छन्।

Vaathi' movie review: Dhanush can't save this middling education drama that  kills its own potential - The Hindu

उनीहरू त्यो टेपमा भएको कुरा के कसो हो भनेर बुझ्न खोजबिनमा लाग्छन्। त्यही क्रममा उनीहरूको भेट एएस मूर्तिसँग हुन्छ, जसले अभिराम र उनका साथीहरूलाई त्यो भिडिओको रहस्य र कथा बताउँछन्।

यहीँबाट सुरू हुन्छ भिडिओमा देखिएका शिक्षक बालुको रहस्यमयी कथा।

बालु पढाउन, सिकाउन र बुझाउनमा मात्र अब्बल हुँदैनन्, उनी आफ्ना विद्यार्थीका लागि गुन्डादेखि व्यापारी र राज्य प्रणालीसँग समेत लड्न र भिड्न तयार हुन्छन्। गरिब विद्यार्थीहरूका लागि त उनी शिक्षक मात्र होइनन्, वास्तवमै गुरू हुन्।

Vaathi' movie review: What's good, what's bad; find it out from viewers'  response - Oneindia News

कसैले पनि पढ्ने अवसर नगुमाओस् भनेर नै बालु आफ्ना कयौं चाहना र रहर मारेर शिक्षक बनेका हुन्। उनी तीक्ष्ण र बुद्धिमान हुनुका साथै अरू पेसामा पाएका अनेक अवसर त्यागेर उनले शिक्षण रोजेका हुन्छन्। यो कथा यिनै बालुको लडाइँको हो।

हामी कुरा गर्दैछौं फिल्म ‘सर’ को, जसले एक मनकारी, अब्बल र साहसी शिक्षक विद्यार्थीको भविष्यका लागि कसरी मरिमेट्छ भन्ने कथा भन्छ।
Dhanush Is Ma(th)ster Fighter in 'Vaathi' #Review – Abstract AF!

गम्भीर र सन्देशमूलक कथामा बनेको यो फिल्मको प्रस्तुति पनि उत्तिकै रोचक र मनोरञ्जनात्मक छ। फिल्मले हँसाउँछ, रूवाउँछ र रमाइलो गराउँछ। यसलाई बलियो सन्देश दिने र दर्शकलाई निराश नबनाउने फिल्म भन्न सकिन्छ।

तमिल र तेलेगू भाषामा बनाइएको यो फिल्मको खास नाम ‘वाथी’ हो। यसको प्रमुख भूमिकामा छन् धनुष। तमिल फिल्ममा जमेका धनुषको यो पहिलो तेलेगू फिल्म हो।

धनुषसँगै फिल्ममा संयुक्ताको मुख्य भूमिका छ।

हेर्नुहोस् हिन्दीमा डब फिल्म सर युट्युबमा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend