logo
  • शनिबार, असोज १७ २०८३

नेप्से २१ अंकले घट्यो, ९७ करोडको कारोबार


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक १९ २०८०

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो ।

परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज एनआईसी एसिया लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य ६.९७ प्रतिशतले बढेको छ भने हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक २१ अंकले घट्दा होटेल र टुरिजम समूहको सूचक १८ अंकले बढ्नुबाहेक सबै समूहको सूचक घटेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend