पब्लिक सूचना
रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को पहिलो गीत सार्वजनिक भएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘वाह वाह वाह’ बोलको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरी फिचर्ड छन्।
शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापालगायत कलाकारको अभिनय रहनेछ। यस वर्षको मिस्टर नेपाल उपाधि जितेका समर्पणजंग कार्की ‘उपहार’ बाट फिल्ममा डेब्यू गर्दैछन्। फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन्।
सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी छन्
विष्ण कल्पितले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्।
यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend