logo
  • शनिबार, असोज १७ २०८३

मेयर बालेन साहका शैक्षिक सल्लाहकार रेशुले दिइन् राजीनामा


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८०

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका शैक्षिक सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्।

सल्लाहकार रेशुले मेयर साहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएकी हुन्।

पछिल्लो समय मेयर साहले आफ्नो इच्छा विपरीतका काम गरिरहेको बताउँदै यस नगरको नागरिक र यसका मतदाताको हैसियतले सधैँ परामर्शमूलक लोकतान्त्रिक अभ्यास, उचित र उचित लगनशीलता र विधिको शासन र स्थानीय सरकारका सीमितताहरूको पालना गर्न, मामिलाहरूको गहिरो अनुसन्धान गर्न अनुरोध गर्दै पदबाट राजीनामा दिएको बताएकी छन्।

मेयर साहले पछिल्लो समय भृकुटीमण्डपमा भएको एक शैक्षिक मेला बन्द गराएका थिए। यसको सदनमा समेत आलोचना भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend