पब्लिक सूचना
नेपाल विद्युत प्राधिकरण शनिबार बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म सिंहदरबार र आसपासका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।
शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने बताएको हो।
‘यस नेपाल विद्युत प्राधिकरणले स्युचाटारदेखि सिंहदरबार सम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/०७/१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ। यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ,’ प्राधिकरणले भनेको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend