logo
  • शनिबार, असोज १७ २०८३

विद्युत् सर्ट भई आगलागी हुँदा चार पसलमा पूर्ण क्षति


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक १७ २०८०

काभ्रेपलान्चोक, कात्तिक १७ गते । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका ४ समाज कल्याण चोकमा विद्युत् सर्ट भई आगलागी हुँदा चार वटा पसलमा धेरै क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार शुक्रवार बिहान स्थानीय उद्धवप्रसाद तिम्सिनाको घरको सटरमा अचानक विद्युत् सर्ट भई  आगलागी भएको जनाइएको छ ।

आगलागीका कारण तिमल्सिनाको नौ वटा सटरमध्ये चार वटा कपडा पसल पूर्ण  रूपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगलागीबाट तीन वटा होटेल, एक  मोबाइल पसल र एक मासु पसल सटरमा आंशिक क्षति भएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र  स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend