logo
  • शनिबार, असोज १७ २०८३

चार पटकको विश्व विजेता वेष्टइन्डिजसँग भिड्दै नेपाल


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८०

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ।

ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो।

नेपाल र वेष्टइन्डिजबीचको खेल  हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ। यसअघि नेपालले टी–ट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन।

LIVE Updates | WI vs NEP, ICC World Cup Qualifier Cricket Live Score: Can West  Indies Continue Winning Run? | News | Zee News

वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो।  १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो।

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिजच्याम्पियन बनेको थियो। त्यस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो। सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इंग्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो।  नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन्।

नेपालले घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता गरेको थियो।  नेपाल र जिम्बावेबीचको खेल १८ जुन अर्थात् असार ३ मा भएकोमा सो खेल नेपालले ८ विकेटले गुमाएको थियो।

नेपालको दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग रहेको थियो। अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ। वेष्टइन्डिजले प्रतियोगितामा एक मात्र खेल खेलेको छ। पहिलो खेलमा वेष्टइन्डिजले अमेरिकालाई पराजित गरेको थियो। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड,ओमान र युएई रहेका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend