पब्लिक सूचना
काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस चार दिने नेपाल भ्रमणपछि बुधबार बिहान फर्किएका छन् । महासचिव गुटरेस शनिबार राति नेपाल आएका थिए ।
उनलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थलमा पुगेका थिए । उनको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
नेपाल भ्रमणका क्रममा महासचिव गुटरेसले उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।
उनले काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयको अवलोकन गर्नुका साथै पाटन दरबार क्षेत्र पनि पुगेका थिए । त्यस्तै, पोखरा, अन्नपूर्ण क्षेत्र र लुम्बिनी पनि पुगेका थिए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend