पब्लिक सूचना
अभिनेत्री आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार नेटफ्लिक्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा आलिया एक्सन अवतारमा देखिएकी छन्।

टम हार्परले निर्देशन गरेको फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका छ। गल गडोट ‘वन्डर वुमन’ बाट चर्चित अभिनेत्री हुन्। त्यस्तै जेमी डोरनान ‘फिफ्टी सेड्स अफ ग्रे’ बाट चर्चामा आएका अभिनेता हुन्।
यो फिल्म अगस्ट ११ अर्थात् साउन २६ गतेदेखि नेटफ्लिक्समा प्रदर्शन हुनेछ।
फिल्म निर्माता परिवारकी सन्तानका रूपमा बेलाबेला विभिन्न आलोचना खेपे पनि आलियाले अभिनयबाट आफूलाई अब्बल सावित गरिसकेकी छन्।
आलिया पछिल्लो समय फिल्म ‘बह्मास्त्र’ मा देखिएकी थिइन्। अब उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मा रणवीर सिंहसँग देखिनेछन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend