logo
  • शनिबार, असोज १७ २०८३

‘कोत पर्व’ मा आधारित फिल्म बनाउँदै रिमेश अधिकारी


  • पब्लिक सूचना
  • बिहिबार, असार ७ २०८०

निर्देशक रिमेश अधिकारीले ‘कोत पर्व’ मा आधारित फिल्म बनाउने भएका छन्।

उनले यसअघि फिल्म ‘नालापानी’ निर्देशन गरेका थिए। बिहीबार काठमाडौंमा आयोजित फिल्म ‘नालापानी’ को च्यारिटी प्रदर्शनीमा ‘कोत वर्ष’ मा आधारित फिल्म बनाउने घोषणा गरिएको हो।

वि.सं. १९०३ असोज २ गते काठमाडौंको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोत पर्व’ मा आधारित फिल्मको लेखन कार्य भइरहेको छ। फिल्मको कथा महेश दवाडीले तयार पारिरहेका छन्।

फिल्मका कलाकारको बारेमा केही समयपछि जानकारी गराइने निर्देशक अधिकारी बताए।

रिमेश अधिकारी फिल्म्स श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बन्नेछ।

आरसी शर्मा र सारदा खड्का अर्याल निमाता रहेको फिल्ममा राजेन्द्र ढकाल (राजु)  र राजाराम सुवाल सह-निर्माता रहनेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend