logo
  • शनिबार, असोज १७ २०८३

६० किलो सुन तस्करी प्रकरण : थप अनुसन्धान गर्न डीएसपीको कमाण्डमा टोली गठन


  • पब्लिक सूचना
  • मंगलबार, कार्तिक १४ २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको ६० किलोभन्दा बढी सुनको थप अनुसन्धान गर्न डीएसपीको कमाण्डमा टोली बनाइएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बनाएर थप अनुसन्धान गर्न जिम्मा दिएको हो। सीआईबी स्रोतका अनुसार भण्डारीको कमाण्डमा पाँच सदस्यीय टोली बनाएर बाँकी अनुसन्धानको जिम्मा दिइएको छ।

६० दिनको म्यादका कारण यसअघि नै मुद्दा बुझाइ पनि यो प्रकरणको अनुसन्धान बाँकी नै रहेकाले अनुसन्धानलाई निरन्तरता दिन डीएसपीको कमाण्डमा टोली बनाइएको ह।

गत साउन २ गते विमानस्थलको भन्सार पास भएर तस्करी भएको सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै सीआईबीले मुद्दा बुझाएको थियो।

प्रतिवादीहरुलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। जसमा ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी समेत गरिएको थियो। प्रतिवादी बनाइएकामध्ये २५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान समेत गरेको थियो।

सीआईबीको अनुसन्धानमा प्रतिवादी बनाइएकाहरुको समूहले नै ३६२ किलो सुन तस्करी गरेर ल्याएको खुलेको थियो। तर उक्त सुन कहाँ गयो भन्ने बारे भने पत्ता लगाउन सकेको थिएन।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend