पब्लिक सूचना
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा बुधबारबाट अवकाशमा जाँदै छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा न्यायाधीश सिन्हाको बिदाइ कार्यक्रम राखिएको छ ।
६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका सिन्हाले सर्वोच्च अदालतमा ७ वर्ष ३ वर्ष सेवा गरेका छन् । वरिष्ठ अधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ सालमा नियुक्त भएका सिन्हा मुख्यतः कर्पोरेट ल मा दख्खल राख्ने गर्दथे । सर्वोच्च अदालतका न्यायाधीश बनेपछि फौजदारी मुद्दामा समेत न्यायाधीश सिन्हाको धेरै फैसला नजिर स्थापित गर्ने किसिमका छन् ।
अधिवक्ता तथा वरिष्ठ अधिवक्ता र सर्वोच्चका न्यायाधीशका रूपमा काम गर्दासमेत न्यायाधीश सिन्हा कहिल्यै विवादमा आएका थिएनन् । सर्वोच्चमा ७ वर्ष ३ महिना काम गरी विवादरहित रहेर बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हालाई मंगलबार अपरान्ह ४ बजे सर्वोच्च अदालत परिसरबाट बिदाइ गरिँदै छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend