logo
  • शनिबार, असोज १७ २०८३

रिलिज भएको १० औँ दिनमा लियोको कमाइ १४ करोड ४५ लाख


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक १३ २०८०

मुम्बई । दक्षिण भारतीय अभिनेता विजय थलपतिको फिल्म लियोको उत्कृष्ट प्रदर्शन जारी छ । रिलिज भएको १० औँ दिनमा फिल्मले विश्वभरबाट १४ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

योसँगै फिल्मको वर्ल्डवाइड कलेक्शन ५ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भारतीय बक्स अफिसको नेट कमाई भने ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ रहेको छ । लियोले ओपनिङ डेमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो ।

उता कंगना रनौतको तेजसको कमाई दोस्रो दिन पनि बढेन । दोस्रो दिन फिल्मले जम्मा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । विधु विनोद चोपडाको १२ ‍औँ फेलले भने बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ ।  फिल्मले दोस्रो दिन २ करोड ५० लाख रुपैयाँ कलेक्शन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend