पब्लिक सूचना
अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ को टिजर सार्वजनिक भएको छ।
मंगलबार नेपाली वेबसाइट युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ।

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।
उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।
‘बगान’ को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ। यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend