पब्लिक सूचना
/fi6«;‹sf dxf;lrj u'6]/];nfO{ :jfut
sf7df8f}F, !@ sflQs M
g]kfnsf] rf/lbg] cf}krfl/s e|d0fsf qmddf cfh lqe'jg cGt/f{li6«o ljdfg:yn cfOk'Ug' ePsf ;+o'Qm /fi6«;‹sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ :jfut ub}{ k//fi6«dGqL gf/fo0fk|sfz ;fpb . tl:a/M ls/0f/fh lji6÷/f;;
चार दिने औपचारिक भ्रमणका लागि गएराति नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले महत्वपूर्ण भेटघाटहरू आजै गर्ने भएका छन्।
गएराति १ बजे नेपाल आएका महासचिव गुटेरसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति भवन शितल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्ने कार्यक्रम छ।
उनले प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजेपछि र राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट्ने कार्यक्रम रहेको छ।
२ बजे प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीसँग भेट्नुअघि उनले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट्नेछन्।
प्रधानमन्त्री प्रचण्डको औपचारिक निम्तोमा नेपाल आएका उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरमा भेट्ने कार्यक्रम छ।
आजै साँझ प्रधानमन्त्री प्रचण्डले गुटेरसको सम्मान तथा स्वागतमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।
गुटेरसँगको भेट बाँकी रहेको शान्ति प्रकिया टुंगो लगाउने विषयमा नै केन्द्रीत रहने नेताहरूले बताएका छन्।
उनी आउनुअघि शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा पनि शान्ति प्रक्रिया टुंगो लगाउने विषयमा एउटै धारणा बनाउनेबारे कुरा भएको थियो।
मंगलबारसम्म नेपालमा रहने गुटेरसले मंगलबार दिउँसो संघीय संसदको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend