logo
  • शनिबार, असोज १७ २०८३

रणवीर कपुरको ‘एनिमल’ का दुई गीत सार्वजनिक


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ११ २०८०

‘कबीर सिंह’ र ‘अर्जुन रेड्डी’ जस्ता सुपरहिट फिल्म दिएका सन्दीप रेड्डी वांगा आफ्नो तेस्रो एक्सन फिल्म लिएर आउँदै छन्। रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ डिसेम्बर १ मा रिलिज हुँदैछ। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।

शुक्रबार उक्त फिल्मको दोस्रो गीत सार्वजनिक गरिएको छ। यसमा श्रेयश पुरानिकले संगीत दिएका छन् भने अरिजीत सिंहले गाएका छन्। यो गीत सिद्धार्थ-गरिमाले लेखेका हुन्। पहिलो गीत यसअघि नै सार्वजनिक भइसकेको छ। प्रीतमको संगीत रहेको उक्त गीत राघव चैतन्य र प्रीतमले गाएका हुन् भने गीतकार मनोज मुन्तसिर शुक्ला हुन्।

यो फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, अनिल कपुर र बबी देओलको मुख्य भूमिका छ। फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिने छिन् भने अनिल कपुर उनको बुवाको भूमिकामा देखिने छन्। फिल्मको कथा निर्देशक सन्दीपले नै लेखेका हुन्।
फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend