logo
  • शनिबार, असोज १७ २०८३

चिनियाँ सामाग्री प्रयोग गरेर हिल्साको सडक ढलान


  • पब्लिक सूचना
  • शनिबार, कार्तिक ११ २०८०

हुम्ला, कात्तिक ११ गते । नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामाग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो । सहरी विकास कार्यालय जुम्लाको ३२ लाख लगानी र स्थानीय जनश्रमदानबाट ढलान सुरु गरिएको हो ।

चिनियाँ सडक कालो पत्रे तर नेपालतर्फ भने धुलाम्मे सडक हुँदा व्यापारीको चीनको ताक्लाकोटबाट ल्याइएको सामान धुलाम्मे हुने भएको कारण तत्कालका लागि ढलान कार्य सुरु गरिएको हो । धुलाम्मे सडकमा सामान फालिने भएको कारण सुरक्षाकर्मीहरूलाई पनि सामान चेकजाँच गर्न कठिन अवस्था थियो । ३५ मिटर लम्बाई र बिस मिटर चौडा सडकलाई ढलान कार्य सुरु भएको सहरी विकास कार्यालय जुम्लाका सकइन्जिनीयर विमल रावतले बताउनुभयो ।

उपभोक्ता समितिले हाल ढुङ्गा बिछ्याउने, सरिया मिलाउने कार्य गरी रहनु भएको छ भने एक दुई दिनमा ढलान कार्य सुरु हुने सडकको ढलान कार्यमा संलग्न हिल्साका स्थानीय कार्मा तन्डुप लामाले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend