logo
  • आइतबार, असोज १८ २०८३

कोहली र शामीको उत्कृष्ट प्रदर्शनमा भारत शीर्षस्थानमा


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ६ २०८०

शीर्षक्रमका ब्याटर विराट कोहली र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनमा भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।

May be an image of 2 people and text

जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भाारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए । उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।

भारतलाई कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । उनी लोकी फर्गुसनको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ११.१ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

गिल ३१ बलमा ५ चौकासहित २६ रनमा आउट भए । श्रेयस ऐर २९ बलमा ६ चौकासहित ३३ रन बनाउँदै क्याच आउट भएका थिए । मिचेल सान्टनारले लोकेश राहुललाई २७ रनमा एलबीडब्लू आउट गरे । सूर्य कुमार यादव २ रनमा रन आउट भए । एक समय भारत ३३.५ ओभरमा १९१-५ को अवस्थामा पुगेको थियो । त्यसपछि कोहली र जडेजाले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

जडेजा ४४ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । मिचेल र रविन्द्र बाहेक अन्यले राम्रो गर्न नसक्दा न्युजिल्यान्डले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । त्यो नै हारको प्रमुख कारण बन्यो ।

मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा रविन्द्र लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए । विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए ।

एक समय ८।१ ओभरमा १९(२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन् ।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए ।
भारतको जितमा मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।

न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ । भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend