logo
  • शनिबार, असोज १७ २०८३

पाल्पामा जिप दुर्घटना : ६ जनाको मृत्यु मृतक ६ जनाकै खुल्यो पहिचान (विवरणसहित)


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक ६ २०८०

पाल्पा, कात्तिक ५ गते । पाल्पाको रानीमहल दरबारनजिक  भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको छ । चालक घाइते छन् । पर्यटकीयस्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । जिप चालक गम्भीर घाइते भएको र उहाँको घर नवलपुर रहेको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।

जिप बागमती प्रदेशको ७२०९ नम्बरको कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट  र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको छ ।

सडकबाट घटनास्थल पुग्न ठूलो भिर र पहाड भएकाले पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

पाल्पाको तानसेन –१३ रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका –१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहनुभएको छ ।

यस्तै, देवचुली नपा १६ की ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनामा परी गम्भीर घाइते चालक देवचुलीकै ३५ वर्षीय ईश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते लोहनीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकदेखि तल पहाडको खोचमा खसेको थियो । खोचमा खसेको जिप र घाइतेलाई उद्धारमा कठिनाइ भएको थियो । जिप के कसरी कारणले दुर्घटनामा परेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend