logo
  • शनिबार, असोज १७ २०८३

एनएसीले गर्यो विमान खरिदका लागि प्रस्ताव आव्हान


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक ५ २०८०

काठमाडौं, कात्तिक ५ गते । नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो ।

प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्ममा दर्ता गर्नुपर्नेछ । यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालका दुर्गम जिल्लाहरूमा हवाई सेवाको विस्तार गर्न र निजी कम्पनीहरूलाई मनपरी भाडा लिन रोक्न नेपाल एयरलाइन्सले विमान खरिद गर्नुको विकल्प नभएको बताउनुभएको थियो । यसै वर्ष विमान खरिद गरी दुर्गम जिल्लाहरूमा सेवा विस्तार गर्ने जनाएको छ । हाल नेपाल एयरलाइन्सले दुई वटा ट्वीनटर विमानबाट सेवा दिँदै आएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend