पब्लिक सूचना
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई सेनेगलले पराजित गरेको छ। मंगलबार राति पोर्चुगलमा भएको खेलमा सेनेगल ४-२ गोलले विजयी भएको हो। खेलको ११औं मिनेटमा ब्राजिलले लुकास पाक्युटाको गोलबाट अग्रता लिएको थियो।
तर २२औं मिनेटमा सेनेगलका हबिब डियालोले बराबरी गोल गरे। ५२ मिनेटमा ब्राजिलका मार्क्युन्होसले आत्मघाती गोल गर्दा सेनेगलले अग्रता लियो। ५५ मिनेमा साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गरे।५८ मिनेटमा फेरि मार्कयुन्होसले ब्राजिलका लागि दोस्रो गोल गरेर खेलमा फर्काउने कोसिस गरेका थिए। इन्जुरी टाइमको सातौं मिनेटमा मानेले टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गर्दा सेनेगलको जित सुनिश्चित बनेको थियो।
फिफा विन्डोका दौरान मैत्रीपूर्ण खेल खेलेको ब्राजिलले यसअघि गिनीलाई हराएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend