logo
  • शनिबार, असोज १७ २०८३

धनुषाको बटेश्वरमा प्रदेश स्तरीय महिला कबड्डी सुरु


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ३ २०८०

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकामा प्रदेशस्तरीय तीन दिवसीय महिला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

स्थानीय शिवशक्ति युथ क्लबको आयोजना तथा बटेश्वर गाउँपालिका–४ कार्यालयको आर्थिक सहयोगमा बिहीबार कबड्डी प्रतियोगिता सुरु भएको हो ।

बिहीबार भएको दुई खेलमा धनुषा र रौतहट महिला कबड्डी टिम विजयी भएका छन् । धनुषाले बारालाई ३३ अंकले र रौतहटले पर्सालाई २१ अंकले पछि पारेर खेल जितेका हुन् ।

धनुषाले ५५ र बाराले २२ तथा रौतहटले ४६ र पर्साले २५ अंक ल्याएका थिए । धनुषाकी दिव्या साह र रौतहटकी जल्सा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।

बिहीबार धनुषाको आयोजक टिम शिवशक्ति युथ क्लब र सिरहा, महोत्तरी र सर्लाहीबीच खेल हुने आयोजक क्लबका प्रतिनिधि मदन विकले जानकारी दिए ।

कबड्डी प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका टिम सहभागी छन् । पहिलो हुनेले ५१ हजार, दोस्रोले २५ हजार र तेस्रोले ११ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend