logo
  • शनिबार, असोज १७ २०८३

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो


  • पब्लिक सूचना
  • शुक्रबार, कार्तिक ३ २०८०

३ कात्तिक, काठमाडौं । बेइजिङ भ्रमणको क्रममा हृदयाघात भइ पेकिङ्ग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको हो । छोटो भिडियो कुराकानीको क्रममा श्रेष्ठ स्वयंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका छन् ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई गत बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकातर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको थियो ।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम रहे पनि बिरामी भएकाले उनको चीन बसाइ लम्बिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend