पब्लिक सूचना
साफ च्याम्पियनसिपमा भारतले सानदार सुरूवात गरेको छ। बुधबार भएको समूह ‘ए’ को खेलमा घरेलु टिम भारतले पाकिस्तानमाथि ४-० गोलको जित निकालेको हो।
भारतको जितमा कप्तान सुनील क्षेत्रीले ह्याट्रिक गरे। सुनीलले दशौं मिनेटमा पहिलो गोल गर्दा १६ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर पारे। उनले ७४ मिनेटमा ह्याट्रिक गर्दा पनि पेनाल्टीबाट नै गोल गरेका थिए।
भारतका लागि चौथो गोल ८१ मिनेटमा उदान्त सिंह कुमामले गरे। यो समूहको पहिलो खेलमा नेपालमाथि कुवेतले ३-१ गोलको जित निकालेको थियो।
अब भारत र नेपाल तथा कुवेत र पाकिस्तानबीच शनिबार खेल हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend