logo
  • शनिबार, असोज १७ २०८३

शिव पार्वती ट्रेडर्स दोस्रो चन्द्रपुर च्यालेन्ज कप – २०८०: चतुर्भुजेशोवेर युवा क्लबलाइ हराउदै घरेलु टोलि चिडियादह स्टार क्लब फाइनलमा


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १ २०८०

चन्द्रपुर-०५ रौतहट, चिदियादह (आशिष लामिछाने) : दैलोमा आइसकेको बडा दशैं २०८० लाइ मध्यनजर गरेर चिडियादह स्टार क्लब र चन्द्रपुर नगरपालिका ५ न वडा कार्यलको सयुत आयोजना आयोजित “लागू औसध विरुद्ध को बोल खेलाडी उत्पादन मा जोड छ हाम्रो रहर फुटबल बाट चिनाउने चन्द्रपुर सहर ” शिव पार्वती ट्रेडर्स दोस्रो चन्द्रपुर च्यालेन्ज कप – २०८०।  शिव पार्वती ट्रेडर्सको बिशेष सहयोगमा चिडियादह स्टार क्लबद्वारा अशोज २७ गतेबाट  आयोजित दोश्रो चन्द्रपुर च्यालेन्ज कप २०८० भब्यताका सफल भइ रहेको छ ।

May be an image of text that says 'Shiva parbati Traders 2nd Chandrapur Challenge Cup 2080 FULL TIME Chidiyadaha Star Club = 2 FOFONA RAJU PAHARI Chaturbhujeswar Youth Club =0 WAY TO FINAL'

दोश्रो चन्द्रपुर च्यालेन्ज कप २०८० को आज पहिलो सेमी -फाइनल खेलमा चतुर्भुजेशोवेर युवा क्लबलाइ २-० ले हराउदै घरेलु टोलि चिडियादह स्टार क्लब फाइनलमा  प्रवेश गर्न सफल भएको छ ।

जितका लागि घरेलु टोलि चिडियादह स्टार क्लबका जर्सी न ७ का फोफोनाले पहिलो हाफको सुरुवाती समयमा आफ्नो टीमलाई अग्रता दिलाए । दोश्रो चन्द्रपुर च्यालेन्ज कप २०८० को पहिलो सेमी-फाइनल खेललाइ अझै रोमान्चक बनाउदै पहिलो हाफको अन्तिम समयमा जर्सी न ११ का राजु पहरीले दोश्रो गोल गरी अग्रतालाइ अझै बलियो बनाउन सफल भएका थिए ।

जित संगै फाइनलमा प्रवेश गरेको घरेलु टोलि चिडियादह स्टार क्लबका गोलरक्क्षक कारण थापाले भने आर-आर इन्फोसीसद्वारा प्रदान गरिएको म्यान अफ द म्याचको अवार्ड जित्न सफल भए ।

भोलि भने दोश्रो सेमी -फाइनल खेलमा नमस्ते युवा क्लब सर्लाही र विरगन्ज युनाइटेड एकेडेमी बारा निजगड बिच  चिडियादह स्टार क्लबको मैदानमा दिउसोको ३ बजे बाट हुने छ ।

शिव पार्वती ट्रेडर्स र चिडियादह स्टार क्लबद्वारा आयोजित दोश्रो चन्द्रपुर च्यालेन्ज कप २०८० को फाइनल खेल भने अशोज ०४ गते फूलपातीको दिन हुने छ ।

तस्बिरहरु:

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend