logo
  • शनिबार, असोज १७ २०८३

युएईलाई हराउँदै नेपालको विजयी सुरुवात


  • आशिष लामिछाने
  • बुधबार, कार्तिक १ २०८०

मुलपानी, आशिष लामिछाने :  कप्तान रोहितको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

May be an image of text that says 'NEPA SERIES unnarAna TRIANGULAR CAN MATCH SUMMARY W H UAE 20 BASIL HAMEED ALI NASEER 140-7 51(38) 32(30) KARAN KC 3-19(4) GULSHAN JHA 2-11(3) NEPAL 18.5 ROHIT PAUDEL 144-3 DIPENDRA AIREE N KESWANI 51(40) 34(23) ALI NASEER 1-27(4) 1-32(4) NEPAL WON BY 7 WICKETS MATCH DAY-I #WECAN #ONEBALLBATTLES #HAPPYDRESSINGROOM #NEPALCRICKET बेपासलिकठा CocaCola MaxiMax OUR PARTNERS pathao PREMIER EXTRATECH'

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।

चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए ।

May be an image of 8 people and text

स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए ।

अली नासिरको बलमा आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए । त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

May be an image of 8 people and text

त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

नेपाललाई तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । युएईका लागि डेब्यू खेल खेलेका ओपनर खालिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगेका थिए ।

May be an image of 1 person and text that says 'CAN cond econd NEPAL'

करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु एज लागेर ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।

गुलशन झाको सातौं ओभरको पहिलो बलमा लङअनमा सर्ट खेल्न चाहेका वासिम मिडविकेटमा कुशल भुर्तेलबाट १७ रनमा क्याच आउट भए । वासिमले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे । गुलशनको नवौं ओभरको चौथो बलमा आसिफ खान प्वाइन्टमा सन्दीप जोराबाट क्याच आउट भए । उनले १२ बलमा २ चौकासहित १५ रन आउट भए । आसिफ र वासिम आउट भएपछि युएई समस्यामा परेको थियो ।

May be an image of 12 people and text

नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।

May be an image of 3 people and text

May be an image of 2 people and text

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend