logo
  • शनिबार, असोज १७ २०८३

कान्तिपुर फिल्म एकेडेमीले सुरू गर्‍यो ओटिटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १ २०८०

कान्तिपुर फिल्म एकेडेमीले ओटिटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ को सुरूवात गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमीले ओटिटी प्लेटफर्मको सुरूवात गरेको हो। यस प्लेटफर्ममा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आइओएस, वेभ र स्मार्ट टिभीबाट ‘कान्तिपुर सिनेमाज्’ मा रहेका साम्रगी सजिलै हेर्न सक्नेछन्।

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी सुरु गर्दै, फिल्मदेखि सिरिजसम्म रिलिज गरिँदै

यसको सुरूवातमा दर्शकले ‘ज्याकी: आइएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न पाउनेछन्। यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन्। छोटो फिल्म ‘मदर, खरानी, ऋतु र मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन्।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले कान्तिपुर सिनेमाजमा मासिक २९९ रूपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए।कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरू भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे।

‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन। यसैले यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरूलाई जीवन जिउन गाह्रो छ। धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ। तर यहाँ दीपकराज गिरी जस्ता कलाकारहरूलाई अझै भोलि के हुने हो भन्ने चिन्ता छ,’ उनले भने।

ओटीटी प्लेटफर्म 'कान्तिपुर सिनेमाज्' शुभारम्भ | Celebrity Nepal

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज्’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए।

कार्यक्रममा बोल्दै हास्य कलाकार दीपकराज गिरीले ओटिटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend