logo
  • शनिबार, असोज १७ २०८३

जहाजका ८० प्रतिशत हवाई टिकट बुकिङ्


  • पब्लिक सूचना
  • सोमबार, असोज २९ २०८०

काठमाडौं,असोज २९ गते । दशैँ नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ । दशैँका लागि आन्तरिक उडाानको ८० प्रतिशत टिकट अग्रिम बुकिङ् भएको सम्बन्धित एयरलाइन्सले जनाएका छन् ।

काठमाडौंबाट बाहिरीने मध्ये केही गन्तव्यका सबै टिकटहरु अग्रिम बुकिङ् भइरसकेका छन् । अपर क्लासका  महँगो टिकट मात्र बाँकी रहेको एयरलान्सले जनाएका छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यतीको ८० प्रतिशत टिकटहरु बुकिङ् भइसकेका छन् । केही स्थानहरुको टिकट मात्र बाँकी रहेको उहाँको भनाइ छ ।

बसको जस्तो मिति तोकेर टिकट बुकिङ नखोलिने भएकाले अनलाइन टिकट बुकिङ् मार्फत यात्रुहरुले सहुलियत टिकट बुकिङ् गरिसकेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हवाई टिकट, बसको जस्तो मिति किटान गरेर नखुल्ने भएकाले अनलाइनबाट अग्रिम रुपमा नै काट्ने व्यवस्था भएकाले चाँडै बुकिङ् भएको हो । अनलाइनबाट काट्दा पहिले कम मूल्यका टिकटहरु काट्न मिल्ने भएकाले अब अप। क्लासका टिकट मात्र बाँकी छन् ।”

यस्तै बुद्द एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णले बुद्द एयरलाइन्सको ८५ प्रतिशत टिकटहरु बुकिङ् भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनहरुमा अग्रिम टिकट बुकिङ् गनेको सङ्ख्या बढिहरहेको छ । केही क्षेत्रमा ९० प्रतिशत टिकट अग्रिम रुपमा बुकिङ् भएको छ, केही स्थानमा ८० प्रतिशत बुकिङ् भएका छन् । ”

अहिले बुद्ध एयरले दैनिक ओहोरदोहोर गरेर १५० अडान गर्दै आएको छ । सञ्चार प्रबन्धक कर्णका अनुसार चाप बढिरहेकाले दशैँको आसपासमा माग बढी भएको खण्डमा उडान थप्न सकिनेछ । सुर्खेत र तुम्लिङ्टारमा सीमित मात्रामा मात्र उडान भएकाले कुनै यात्रुले टिकट स्थगित गरेको खण्डमा मात्र टिकट बिक्री गर्न सकिने अवस्था छ । यस्तै श्री एयरलान्सका प्रवक्ता अनिल मानन्धरका अनुसार श्री एयरलाइन्सको पनि ८० प्रतिशत टिकट अग्रिम बुकिङ् सकिएको छ ।

उहाँका अनुसार दशैँमा बढी चाप विराटनगर, भद्रपुर, पोखराका लागि हुनेगरेको छ । उहाँले भन्नुभयो,“दशैका लागि उपत्यकाबाट बाहिरिनेमा अध्याधिक चाप विराटनगर, भद्रपुर र पोखराको छ । अहिले जसरी अग्रिम टिकट बुकिङ् चाँडै सकिएको छ । दशैँपछि पनि  बुकिङकाे चाप यस्तै हुन्छ ।” अहिले काठमाडौंदेखि धनगढीसम्मको अधिकतम हवाइ भाडादर १७ हजार १८६ छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर १३ हजार ५०१ छ ।

काठमाडौंबाट सबैभन्दा नजिक रहेको सिमरा र भरतपुरमध्ये सिमराको अधिकतम भाडादर चार हजार ६१ र भरतपुरको अधिकतम भाडादर चार हजार ७३९ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend