logo
  • शनिबार, असोज १७ २०८३

धन्न बाँचे !


  • पब्लिक सूचना
  • शुक्रबार, असोज २६ २०८०

२६ असोज, काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार बिहान काठमाडौं आइपुगेका छन् ।

घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् ।

आक्रमणमा परेर घाइते भएका उनको इजरायलमै उपचार भएको थियो । ह्वील चियरमा राखेर ल्याइएका धनबहादुरले विमानस्थलमा मसिनो स्वरमा भने, ‘धन्न बाँचे ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend