logo
  • शनिबार, असोज १७ २०८३

१७ जना नेपाली साथी बचाएका विपिनलाई हमासले लग्यो: बिबुशा अधिकारी


  • पब्लिक सूचना
  • शुक्रबार, असोज २६ २०८०

काठमाडौँ, असोज २५ गते । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन् । तर विपिन जोशी हाल सम्पर्कविहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।

साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह गर्नुभयो । विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उहाँले बताउनुभयो । शुक्रवार बिहान नेपाल फर्कनुभएका विबुशा भन्नुहुन्छ, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरे आफूहरू सुरक्षित नेपाल आउन पाएको बताउनुभयो । t

सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend