logo
  • शनिबार, असोज १७ २०८३

शाहरुख खानको ‘जवान’मा अल्लु अर्जुनले केमियो भूमिका गर्ने

यो फिल्म शाहरुखको पहिलो ‘साउथ’ फिल्म हुनेछ


  • पब्लिक सूचना
  • सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं । ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान अर्को फिल्म ‘जवान’को छायांकनमा व्यस्त भएका छन् । दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यो फिल्म शाहरुखको पहिलो ‘साउथ’ फिल्म हुनेछ ।

फिल्ममा साउथ स्टारहरु नयनतारा र विजय सेतुपाती पनि प्रमुख भूमिकामा रहनेछन् । यसैबीच अर्को खबर बाहिरिएको छ, जवानमा साउथ सुपरस्टार अल्लु अर्जुन केमियो भूमिकामा देखिंदैछन् ।

यसको आधिकारिक घोषणा भइनसकेको भएपछि अल्लुलाई एक विशेष डान्स गीतका लागि प्रस्ताव गरिएको छ । यसबारे अल्लु सकारात्मक रहेको जनाइएको छ । यो खबरपछि शाहरुख र अल्लुलाई एकसाथ पर्दा हेर्न दर्शकहरु उत्साहित भएका छन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको जवानमा सान्या मल्होत्रा र सुनिल ग्रोबरको पनि अभिनय रहनेछ । फिल्म आगामी २ जुनमा पाँच भाषामा रिलिज गर्ने तयारी छ । यो शाहरुखको पहिलो दक्षिण भारतीय फिल्म समेत हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend