logo
  • शनिबार, असोज १७ २०८३

आज अन्तर्राष्ट्रिय बालिका दिवस


  • पब्लिक सूचना
  • बुधबार, असोज २४ २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको  नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।

दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गल्र्स टेकओभर) मा सहजीकरण  कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend