logo
  • आइतबार, असोज १८ २०८३

इजरायलमाथि हमासको आक्रमणमा १४ अमेरिकी नागरिकको मृत्यु


  • पब्लिक सूचना
  • बुधबार, असोज २४ २०८०

इजरायलमा प्यालेस्टाइनको इस्लमिस्ट समूह ‘हमास’को आक्रमणमा परी १४ अमेरिकी नागरिकको मृत्यु भएको ह्वाइट हाउसले जनाएको छ।

मंगलबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले हमासले इजरायलमाथि गरेको आक्रमणमा आफ्ना १४ नागरिकले ज्यान गुमाएको बताएका हुन्।

‍द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति बाइडेनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

ह्वाइट हाउसले उक्त आक्रमणमा २० जना भन्दा बढी अमेरिकी नागरिकहरू बेपत्ता भएको जानकारी दिएको छ। आक्रमणपछि हमासले अमेरिकी नागरिकलाई पनि बन्धक बनाएको ह्वाइट हाउसले जनाएको छ

सम्पर्कविहीन भएकाहरूको परिवारसँग ह्वाइट हाउस निरन्तर सम्पर्कमा रहेको राष्ट्रपति बाइडेनका सुरक्षा सल्लाहकार जेक सुलिभनले बताएका छन्। बाइडेनले उनीहरूको सुरक्षाका विषयमा अमेरिकी सरकार गम्भीर रहेको बताएका छन्।

‘अहिले हमासले बन्धक बनाएका अमेरिकी नागरिकहरूको सुरक्षा उच्च प्राथमिकताको विषय हो,’ राष्ट्रपति बाइडेनको भनाइ उदृध गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

ह्वाइट हाउसका अधिकारीहरूले इजरायलमा मारिएको र बेपत्ता भएकाहरूको परिचय भने सार्वजनिक गरेको छैन। मिडिया रिपोर्टहरूका अनुसार इजरायल-गाजा सीमा नजिक बसेका अमेरिकीहरू मारिएका छन् जहाँ हमासले आक्रमण गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend