logo
  • आइतबार, असोज १८ २०८३

एमाले मधेश प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै


  • पब्लिक सूचना
  • बुधबार, असोज २४ २०८०

२४ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ ।

जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुने अधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवासलगायतको व्यवस्थापनसहित सम्पूर्ण तयारी पूरा भएको बताए ।

अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली सहितको शीर्ष नेता १० बजे जनपुर आउने एमालेका युवा नेता शंकर महतोले जानकारी दिए ।

अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए । सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend