पब्लिक सूचना
काठमाडौँ, असोज २२ गते । दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् । व्यवसायीहरूले यात्रुको सहजताका लागि आज(सोमबार) देखि अग्रिम रूपमा लामो दुरीमा चल्ने बसको टिकट खुल्ला गरेसँगै यात्रुहरू टिकट काट्नका लागि भीड लागेको पाइएको छ ।
विभिन्न कामले अस्थायी तथा स्थायी रूपमा काठमाडौँ उपत्यकामा बसोबास गर्ने गरे पनि हिन्दुधर्मालम्वीहरु दसैँमा ठुलाबडाको आर्सीवाद थाप्न गाउँ जाने गर्छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend