logo
  • शनिबार, असोज १७ २०८३

आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस सेयर दिने


  • पब्लिक सूचना
  • आइतबार, असोज २१ २०८०

२१ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.०५२६ प्रतिशत लाभांश दिने भएको छ ।

१९ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको ८.६० प्रतिशत बोन सेयर दिन प्रस्ताव गरेको छ ।

यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद गरी कुल ९.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भए पनि सेयरधनीमा वितरण हुनेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend